भैंसी छुटाउने निहुमा दलितमाथि निर्घात कुटपिट

सेयर गर्नुहोस


कपिलवस्तु , जेष्ठ १४ । कपिलवस्तुकाे मायादेवी गाउंपालिका ३ डुमरिया गाउंमा दलित भन्दै कुटपिट गरिएकाे घटना बाहिरिएकाे छ।
दलितले लडदै गरेका भैंसी छुट्टयाएको निहुमा स्थानीय बद्री यादव र राजकमल यादवले पुर्वग्राहीरुपमा यिनी निच जातिले हाम्राे कुरा नमान्ने भन्दै अरु सहयाेगीका साथ श्रीराम पासी लगायतका अाधा दर्जन दलितहरुलाई निर्घात कुटपिट गरेका छन ।
दलित जाति भएकै कारण यादव पक्षका फागु, बद्री , धर्मराज,ढुनमुन, सन्तराम, रामसेवक लगायतका ले पटक पटक निहु खाेजेर डर त्रास देखाउने समेत गरेका घाइते पक्षकाे भनाई छ। साे घटनामा एक जना महिला चम्पा पासीलाई टाउकाेमा गम्भीर चाेट लागेकाे छ भने ६५ बर्षीय पुरुष श्रीराम पासीकाे दाहिते हात भांचिएकाे छ त्यसतै रामनिवास पासी र परशुराम पासीकाे टाउकाे चाेट लागेकाे छ। न्यायका खाेजिमा प्रहरीमा गएपछि मुद्दा दर्ता भएन पछि हामी महिला अायाेग र दलित अायाेगमा मुद्दा दर्ता गराएकाे जानकारी राम मिलन पासीले दिएका छन । मायादेवी गाउंपालिकामा तत्कालीन फाेरम हाल जनता समाजबादी पार्टीका गाउंपालिका अध्यक्ष रहेकाेले सत्ताकाे दम्भ देखाई यस्ता असामाजिक घटनाहरु बढेकाे स्थानियहरुले बताएका छन ।

Facebook Comments Box