कृष्णनगरका क्वारेन्टाइनमा ६२ जना संक्रमित

सेयर गर्नुहोस

कृष्णनगर, जेष्ठ ९ । राज्य संयन्त्र व्यवस्थित नभएका कारण कृष्णनगर नगरपालिकामा काेराेना संक्रमण बढ्दै गएकाे नगरप्रमख रजत प्रताप शाहले अाराेप लगाउनुभएकाे छ।
भारतीय सिमासंग जाेडिएकाे कृष्णनगर नगरपालिका का क्वारेन्टाइनमा काेराना जाँच गर्ने व्यवस्था संघ ,प्रदेशले नगर्न सकेकाेले संक्रमित संख्या बढदै गएकाे नगरप्रमुख रजत प्रताप शाहकाे अाराेप छ। नगरपालिकाकाे प्रत्येक क्वारेन्टाइनमा १५ दिनभन्दा बढी बसिसकेका व्यक्तिहरुकाे काेराेना संक्रमण जाँच हुन नसकेकाले अहिले अाफ्नै खर्चमा जर्मन प्रविधिकाे पांच सय अारडिटि मगाएर टेष्ट गराइएकाे छ साथै २ हजार पिसिअार टेस्टिङ्ग कीट मागाउने निर्णय भइसकेकाे नगरप्रमुख शाहले बताउनुभयाे । पहिला पिसिअार टेष्टमा जम्मा ८ जना संक्रमित भेटिएतापनि अाज अाएकाे अारडिटि टेष्टमा कुल पांच वडाका ५४ जनामा पाेजिटिभ रिपोर्ट देखिएकाे स्वास्थ्य संयाेजक अनिल विश्वकर्माले जानकारी गराएका छन । सबैकाे अारडिटी टेस्ट पाेजिटिभ अाएकाे अाइसाेलेसनमा राखि पिसिअार टेस्ट गराइने संयाेजक विश्वकर्माले बताएका छन । कृष्णनगर नगरपालिकाकाे वडा १,३,५,६,८ का क्वारेन्टाइनमा संक्रमित भेटिएका कारण अहिले गाउंलेहरुमा त्रास फैलिएकाे छ। खाना पकाउने दिख लिएर स्वास्थ्यकर्मी समेत क्वारेन्टाइनमा जान डाराउने अावस्था सृजना भएकाे वडाध्यक्ष अाुप शुक्लाकाे भनाई छ। कृष्णनगर नगरपालिकामा कुल १२ वडा छन जसमध्ये वडा १,२,३,४,५,६ र १२ सिमासंग सटेकाले भारतबाट अाउनेकाे चाप बढी छ ।

Facebook Comments Box