कपिलवस्तुको बुद्धभुमी टाँकुमा अबैध काठ तथा ढुङगा निकासी ।

कपिलवस्तु, ६ जेठ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ टाँकुमा अबैध ढुङगा निकासी गरेको
पाइएको छ । कोभिड १९ कोरोना भाइरसले गर्दा जिल्ला शिल गरेको अवस्थामा
टाँकुमा अबैध रुपमा ढुङगा निकासी तथा काठ निकासी भैहरेको छ ।
बुद्धभुमी नगरपालिकाको वडा नं ३ का अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास)
को मिलेमतोमा बनबाट काठ र अबैध ढुङगा निकासी भैहरेको छ । वडा अध्यक्ष
आचार्य र जनजागृती सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष खिमराज आचार्यको
समेत मिलेमतोमा बन सम्बन्धि अबैध निकासी भैरहेको स्थानियले अरोप लगाएका
छन ।
केही महिना पहिले टाँकु नाकाको बुद्धभुमी न.पा वडा नं. १ को शाहि
कन्स्ट्रक्सन नामक संस्थाले बुद्धभुमी न.पा वडा नं. ३ टाँकु स्थित त्यस क्षेत्रमा
ढृुङगा तथा वालुवाको लागी ठेक्का पाएको थियो । तर त्यस क्षेत्रमा पहिले
धेरै पटक बिबाद भएपछी निकासी बन्द गरिएको थियो । अहिले लकडाउनको
मौकामा अबैध निकासी भैरहेको बताइएको छ ।
वनलाई पटक पटक जानकारी गराउदा समेत वन कार्यालय चम्पापुर कुनै चाँसो
नलिएकोले बनको समेत मिलेमातो रहेको स्थानियले अरोप लगाएका छन ।
यता बुद्धभुमी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्य
(बिकास) ले आफनो वडामा कुनै पनि अबैध कार्य नभएको बताउनु भएको छ ।
अध्यक्ष आचार्यका अनुसार केही व्यक्तीले राजनितिक प्रतिसोधका कारण मेरो नाम
बदनाम गर्न खोजेको बताउनु भयो । उहाँले भन्नुभयो “हामीले पुर्ण रुपमा
खोल तथा बन बन्द गरेका छौ, लकडाउनको पुर्ण पालन गरेका छौ कुनै निकासी
भएको छैन ।”
गौतम बुद्ध डिभिजन वन कार्यालय कपिलवस्तु अन्तरगत रहेको वन कार्यालय
चम्पापुरका बन अधिकृत रामाशंकर श्रीवस्तवले वनबाट चोरी निकासी नभएको बताउनु
भएको छ । लकडाउनको मौका छोपी कसैले गतल कार्य गरेको पाइए कानुन
बमोजिक कार्वाही हुने उहाले बताउनु भयो । यस भन्दा पहिले ठेकेदार पक्षले
ढुङगा निकासी गरेको निकासी पत्र काटेको श्रीवस्तावले जानकारी दिनुभयो ।
जनजागृती सामुदायिक वन उपभोक्त समितिले बन सम्बन्धी कुनै पनि क्रियाकलाप
नभएको जनाएको छ । लकडाउन भन्दा पहिले बनको आधिकारीक पत्र अनुसार मात्र काठ
काटन तथा निकासी भएको बन समितिका पदाधिकारीले जनाएका छन ।
