यशाेधरामा स्थानीय द्वारा सार्वजनिक जग्गा अतिक्रमण

सेयर गर्नुहोस
माटाे पटान गर्दै स्थानीय

बैशाख, ५
कपिलबस्तु । लकडाउनका फाइदा उठाउदै यशाेधरा गाउंपालिकाका स्थानीयहरु सार्वजनिक तलाऊ अतिक्रमण गर्न लागेका छन् ।
कोराेना संक्रमण राेकथामका लागि नेपाल सरकारले जारी गरेको लाकडाउनको मौका छोपी यशोधरा गाउपालिका १ तितिर्खामा रहेको सार्वजनिक तलाऊ केही स्थानीयहरु अतिक्रमण गरिरहेका छन । वडाध्यक्ष लगायत गाउँपालिका अध्यक्ष गिरिजेश पाण्डेयलाई समेत साे समबन्धमा स्थानियहरुले मौखिक जानकारी गराइसकेपनि कोरोनाको न्यूनीकरण तथा रोकथाममा ब्यस्त भएकाले ध्यान दिन नसकिएकाे बताए ।
पटक पटक सम्बन्धित निकायहरुले दिएकाे निर्देशन लाई समेत अटेरी गर्दै आएका स्थानिय विजय कुमार मिश्रले आफु परिवार संख्या बढी भएकाे धाक धम्की गाउंले वालालाई दिदै पाेखरीमा माटाे पटान शुरु गरेका छन। सबै जनप्रतिनिधि लकडाउनमा ब्यस्त भएकाे मौका छोपी मिश्रले तलाऊ अतिक्रमण शुरु गरकाे स्थानीयहरु बताउंछन । अतिक्रमण काे बिरोध गर्नेलाई कुटपिट गर्ने धम्की दिदै आएका मिश्र आफ्नो घरको अगाडी फोहर फाली रहेको छु कसैले राेक्न सक्दैन भनेपछि त्यसकाे विराेधमा अन्य गाउंलेहरु पनि पाेखरी अतिक्रमण गरिरहेका छन ।
वडा कार्यालय र प्रहरी चौकीको निर्देशन लत्याउदै मनाेमानी तरिकाले सार्वजनिक तलाऊ अतिक्रमण गर्ने व्यक्तिलाई गाउपालिकाले कार्यवाही गर्न नसकेकाे स्थानीय काे गुनासाे छ। लकडाउनमा पटक पटक जानकारी दिंदापनि कुनै कार्यवाही नभएकाले न्यायिक समितिमा निवेदन हाल्न पुगेका गाउंलेहरु उपाध्यक्ष नभएका कारण रित्तै फर्किए । गाउंपालिका देखि वडासम्म जानकारी गराउंदा पनि आवश्यक कार्यवाही नगर्नु गाउंपालिकाकाे कामकारबाही माथि प्रश्न चिन्ह खडा गर्दछ । यसरी गाउपालिकाकाे सार्वजनिक जग्गामाथि कसैले अवैधरुपमा कब्जा गर्छ भने जनप्रतिनिधि मुकदर्शक बनेर हेर्न मात्र गरे , सर्वसाधारणले न्यायकाे कससंग आश गर्ने स्थाानिय भुनेश्वर मिश्रकाे भनाई छ ।
लगभग एक सय घरधुरिभित्र गाउंकाे किनारमा पर्ने साे पाेखरीकाे पानी सिचाई तथा आगलागि भएमा प्रयाेग गरिन्थ्यो । साथै सो पोखरी वरिपरि रहेका घरहरूको पानीको निकास पनि सोही पोखरीमा रहेको छ ।

Facebook Comments Box