कृष्णनगरले संचारकर्मीहरुकाे बिमा गराउंछ : नगरप्रमुख शाह
कपिलवस्तु,बैशाख ३ । जिल्लाकाे कृष्णनगर नगरपालिकाले नगरभित्रका संचारकर्मीहरुकाे नेरु एक लाखकाे स्वास्थ्य बिमा गर्ने नगरप्रमुखले जानकारी गराउनुभएकाे छ।
भारतसंग कृष्णनगर नगरपालिका काे सिमा सटेकाे छ ,यश नगरक्षेत्रमा कार्यरत संचारकर्मीहरुमा काेराेना संक्रमणकाे उच्च जाेखिम रहेकाले नेरु एक लाखकाे स्वास्थ्य बिमा गर्ने नगरप्रमुख रजत प्रताप शाहले बताउनुभएकाे छ। दशगजा देखि लिएर क्वारेन्टाइनसम्म पुगेर सुचना संकलन तथा समाचार प्रवाह गरेकाले नगरभित्रका संचारकर्मीहरुमा संक्रमणकाे समभावना हुन सक्ने नगरप्रमुखले बताए । पत्रकार ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरु समेतमा संक्रमण देख्न शुरु भएकाले नगरपालिकाले सबै संचारकर्मीहरुकाे स्वास्थ्य बिमा गराउने भएकाे छ।

Facebook Comments Box
