शिवराजमा ३, कपिलवस्तुमा ४३ पुगे संक्रमित
कपिलवस्तु /जेठ ३।शिवराज नगरपालिकामा ३ जना काेराेना संक्रमित थपेपछि कपिलवस्तुमा कोरोनाको रेड स्पाट बनेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार जिल्लामा ३ नया संक्रमित थपिएपछि जिल्लामा ४३ पुगेको छन । उनीहरु शिवराज नगरपालिका चन्द्रौटाका रहेका छन । नया थप भएसंगै जिल्ला कोरोना संक्रमणको हटस्पट वनेको छ । संक्रमण क्वारेनटाईन वाहिर पनी फैलिदा भयावह हुने आशंका गरीएको छ । यसै गरी देश भर कुल २७६ जनामा कोरोना संक्रमण भएको छ ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिकामा १२ जना , कपिलवस्तु नगरपालिकामा ९, कृष्णनगर नगरपालिकामा ८, वुद्धभुमी नगरपालिकामा ४, मायादेवी गाउपालिकामा ४ वाणगंगा नगरपालिकामा १ र विजयनगर गाउ पालिकामा १ जना र शिवराजका ३ जनामा कोरोना संक्रमण भएका छन । जिल्लामा ४ जना सुरक्षा कर्मी , १ जना स्टाफ नर्स , २ जना कर्मचारी र १ जना ६ वर्षिय वालिका संक्रमण भएको हो ।

