यी प्रदेशका पहाडी भेगमा आज वर्षा

सेयर गर्नुहोस

काठमाडौं : मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यता देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार सोमबार पश्चिमी क्षेत्रमा सक्रिय रहेको पश्चिमी वायुको प्रभाव कोशी, बागमती र पहाडी भूभागमा रहनेछ।

गएराति पानी परेसँगै तापक्रममा पनि गिरावट आएको छ । काठमाडौं उपत्यकामा हिजोसम्म १५ देखी १६ डिग्री सेल्सियस तापक्रम रहँदै आएकोमा गएराति पानी परेसँगै आज १३ डिग्री सेल्सियसमा झरेको मौसमविद् झाले बताए।

Facebook Comments Box