रिनाकुमारीले एमाले छाडेपछि मौलापुरको नगरप्रमुख पद रिक्त

सेयर गर्नुहोस

काठमाडौं : रौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ।

निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो

साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्।

Facebook Comments Box