कपिलवस्तुमा ३८संक्रमित , थपिएका ८ कृष्णनगर कै

सेयर गर्नुहोस


कपिलवस्तु , बैशाख ३१ ।
कपिलवस्तुमा बुधबार साँझ थपिएका आठै जना संक्रमित कृष्णनगर नगरपालिकाका रहेको पाइएको छ । उनीहरु नगरपालिकाको महेन्द्र मावि क्वारेनटाइनमा रहेको पाइएको हो ।
महेन्द्र माविकाे क्वारेन्टाइन बाट कुल ५० जनाकाे स्वाब कलेकसन गरिएकाे थियाे जसमध्ये १६ जनाका रिपोर्ट अाएकाे छ । ती १६ मा ८ जना काेराेना संक्रमित रहेकाे नगरपालिकाले जनाएको छ।

यो कुराको पुष्टि जिल्ला स्वास्थ्य कार्यालय कपलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले गर्नुभयो ।

भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको हो ।

कपिलवस्तुमा कुल संक्रमितको संख्या ३८ पुगेको छ । दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण देखिएको थियो ।

यसैगरी कपिलवस्तुसंगै रुपन्देहीमा ९ जना पुरुष र तीन जना महिलामा कोरोना देखिएको छ । यस्तै पर्सामा ३ जना र नवलपरासीका १ जनामा कोरोना देखिएको छ । योसंगै नवलपरासीमा पहिलो पटक कोरोना देखिएको हो ।

प्रदेश ५ मा रहेका तराईका ५ जिल्ला मध्ये दाङ मात्र सुरक्षित देखिएको छ । अरु पाँच तराईका जिल्लामा कोरोना भेटिईसकेको छ ।

Facebook Comments Box