खुला सिमानाका हुँदै सेटिङ्गमा तस्करी माैलायाे
कपिलवस्तु ।
प्रहरी र बिचाैलियाकाे सेटिङ्गमा खुला सिमानाका हुदै खुलेआम तस्करी माैलाएकाे छ ।
विभिन्न चाडपर्वलाई लक्षित गरि भारतबाट चिनि, दाल, कपडा, केराउ,मलखाद, माेटरपार्टसका सामान नेपाल ल्याईन्छ भने नेपालबाट रामदाना,पाेस्ता, छुहारा भारतमा तस्करी भई रहेकाे स्थानिय बताऊछन ।
जिल्लाकाे हथिहवा, पकडी ,पुन्यहवा, रंगपुर , हर्दाैना, सतभरा, लाेहटी, बन्चाैरा,भिल्मी,बगही , कुकुरभुकवा, कुशहवा, सिर्सिहवा ,बेदमउ नाकाबाट दैनिक खुलेआम तस्करी हुदै गरेपछि पनि सुरक्षा निकायले चासाे नलिदा मिलाेमताे हुन सक्ने स्राेत बताऊछ । चाेरी तस्करी नियन्त्रणका लागि प्रत्येक पांच-छ किलोमिटर भित्र सशस्त्र प्रहरी बलकाे बिओपी, दर्जनौं प्रहरी चाैकी हुदा हुदै तस्करी हुनु मिलाेमताे भएकाे संका उत्पन्न गरेकाे छ ।
सिमानाकामा शसस्त्र प्रहरी बलका साथै नेपाल पुलिसले दैनिक गस्ति खटाई तस्करसंग पैसा असुल गरिरहेकाे स्राेतकाे दाबी छ । सिमानाकामा दैनिक सामान दाेहन हुदा प्रहरी प्रशासन मुखदर्शक भई हेरेकाे हेरे हुन्छ । नेपालमा आर्थिक मन्दि रहेकाे अवस्थामा नेपाल सरकारले राजश्व उठाउना कडाई गरेकाे माैका छाेपी कपिलवस्तुमा ठुलाे गिराेहले तस्करी सुरू गरेका छन । तस्करलाई खुला रुपमै कपिलवस्तुकाे शस्सत्र प्रहरी बल र नेपाल पुलिसले सहयाेग गरि रहेकाे छ जसले राजस्व चुहावट बढी भई रहेकाे हुनले भन्सारले लक्ष्य पुर्याउन सकेकाे छैन ।
तस्करीका मालसमान जिल्लाकाे कृष्णनगर, महराजगंज, बहादुरगंज लगायतका बजारमा डम्प गरि यात्रु बस लगायतका सवारीसाधनमा समेत पठाइदै गरिएकाे छ । बाटैबाटाे दुवै प्रहरीकाे चेकिङ्ग हुन्छ तरपनि मालसमान समाउन सकिरहेका छैन्न ।
समय समयमा तस्करसंगकाे सेटिङ्गमा सामान पक्रऊ गरि बहादुरिकाे चर्चा देखाउने गरेका नेपाल पुलिसले सामान पक्राऊ गर्दा मान्छे छाेडेकाे घटना पनि धेरै नै छन । जिल्लामा तस्करी ठुलाे मात्रामा हुनुले सुन र चरेसकाे तस्करी बढेकाे अनुमान पनि गर्न सकिन्छ । तर सिमामा खटेकाे शस्सत्र प्रहरी बल र नेपाल पुलिस सिमानाका खालि छाेडेरा तस्करीलाई बढावा दिदै गरेकाे स्थानियकाे अराेप छ ।
उता कृष्णनगर भन्सार कार्यालयसमेत सुतेकाे अवस्था छ । सुचना पाएपछि समातिने मालसामानकाे मुल्यांकन घटाएर विगाे तिराउने गरिदा राजस्व संकलन घटेकाे छ । लक्ष्यकाे पचास प्रतिशतसम्म पुर्याउन हम्मेहम्मे हुने गरे तापनि हालकाे अवस्थामा भन्सार कर्मचारी केही विचाैलियाकाे जालमा फसेकाले लाखौं राजस्व चुहावट हुने गरेकाे भन्सार एजेन्ट बताउँछन् ।
जिल्लाकाे सिमाक्षेत्रमा चाैकी र बिओपीमा काजमा पुगेका सुरक्षाकर्मीकाे नियत कमाउने बन्दै जानु राज्यकाे लागि घातक हुने पक्का छ । थाेरै पैसाका लागि सा-साना हतियार ,सुन र लागुओैषध ओसारपसार लगायत राज्यविरुद्धका अपराधले प्रसय पाउने सराेकारवालाकाे बुझाई छ।
