कपिलवस्तुमा तिन महिनामा ६ निलगाई मृत भेटिए ।

सेयर गर्नुहोस

सनिउल्ला धोेबी, कपिलवस्तु, वैशाख ३०,

कपिलवस्तुमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । पछिल्लो तिन महिना यता
कपिलवस्तुमा ६ वटा निलगाई मृत भेटीएका छन । बन्दाबन्दी शुरू भएपछि संरक्षित
वन वन्यजन्तुको शिकार गर्ने क्रम बढेको एक तथ्यंकले देखाएको छ ।

आइतबार कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ शिवभारी गाँउको खेतमा
वयस्त एक निलगाई मृत भटिएको थिया । योसंगै मृत निलगाईको संख्या ६
पुगेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ ।

२०७६ को फागुन १३ गते महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवा एक
निलगाई, चैत्र ३ गते महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा एक मृत
निलगाई फेला परेको थियो । त्यस्तै चैत्र १५ गते शिवराज नगरपालिका ७
गडगौडामा एक मृत निलगाई फेला परेको हो ।

यसैविच २०७७ सुरु भएपछी वैशाख ९ गते महाराजजगंज नगरपालिका वडा नं ७
कुशहवामा एक , वैशाख १५ गते कृष्णनगर नगरपालिका वडा नं ८ लोहरौलामा एक
निलगाई मृत भेटीएको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन
अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो ।

कपिलवस्तुको वनका कर्मचारी सुरुको आवस्थामा सरकारले लागु गरेको
लकडाउनको निर्देशनको पालन गर्दा वन तस्करहरु सक्रिय भएकोले वन्यजन्तु र काठ
चोरी निकास बढेको छ । वन क्षेत्रमा वन रक्षक र प्रहरी परिचालन गरिएको
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका वन अधिकृत एजाज अन्सारीले बताउनु
भयो । मृत भेटिएका निलगाईलाई गौतमबुद्ध डिभिजन वन कार्यालय नजिकै खडल
खनी गाडीएको वन अधिकृत अन्सारीले बताउनु भयो ।

बन्दाबन्दी भएपछि वन कर्मचारी बहिरा ननिस्कीएपछि शिकार गर्नेहरुले मौका
निकालेर वन्यजन्तुको शिकारका लागि गएको पाइएको छ । वन्यजन्तु चोरी सिकाई
गरेको प्रमाणित भए वन्य जन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाही हुनेछ ।
कसैको कसुर प्रमाणित भए ६ महिना देखी १५ बर्ष सम्म कैद र १० हजार देखी १०
लाख सम्म जरिवान तिर्ने वन्य जन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।

Facebook Comments Box