राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली

सेयर गर्नुहोस

राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन् । शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेका हुन् ।

उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्न सक्ने बताए । उनीहरूले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे ।

अहिले राष्ट्रिय हित, शान्ति, समुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरू क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरूको भनाइ छ ।

Facebook Comments Box