राज्यको प्रतिबन्धलाई लिएर मोन्टाना विरुद्धको टिकटकको मुद्दामा सुनुवाइ

सेयर गर्नुहोस

सिन्ह्वा । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको एपमा राज्यले प्रतिबन्ध लगाएकोमा पश्चिमी अमेरिकी राज्य मोन्टाना विरुद्धको मुद्दामा सुनुवाइ भएको छ ।

मिसौलाको मोन्टाना जिल्लाको लागि अमेरिकी जिल्ला अदालतमा बिहीबार बिहानबाट सुनुवाइ भएको हो ।

अमेरिकी जिल्ला न्यायाधीश डोनाल्ड मोलोयले टिकटक र पाँच मोन्टाना सामग्री सिर्जनकर्ताहरुले राज्यको प्रतिबन्धको विरुद्ध दायर गरेको तर्क सुनेका थिएनन् ।

सुनुवाइ करिब एक घण्टा चलेको थियो । सुनुवाइको अन्त्यमा न्यायाधीशले यस विषयमा जतिसक्दो चाँडो प्रारम्भिक समाधान प्रस्ताव गर्न आदेश दिएको छ ।

मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मे १७ मा जनवरी, १, २०२४ बाट राज्यभर टिकटकको सञ्चालनमा प्रतिबन्ध लगाउने ऐनमा हस्ताक्षर गरेका थिए ।

Facebook Comments Box