कपिलवस्तुमा पहिलो पटक क्षयरोग डिआर उपचार केन्द्र सञ्चालनमा

सेयर गर्नुहोस

माधव बेल्वासे
कपिलवस्तु, औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगका बिरामीहरू उपचारको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्रको शुक्रवार उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो उपचार केन्द्रको रूपमा चन्द्रौटामा सुरु गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरद कुमार शर्मा बताउनुभयो । नेपालभर २३ वटा डिआर सेवा ८६ वटा उपकेन्द्रहरू रहेको शर्माले बताउनुभयो । ‘नेपाल सरकारले २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारको लागि रणनीति तयार पारेको छ, शर्माले भन्नुभयो, ‘उपचार केन्द्र र उपकेन्द्रहरू गाउँ स्तरमा स्थापना गर्ने योजना अनुसार प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको छ, ।’

 

सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा समेत प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका मेयर अजय थापाले बताउनुभयो । कपिलवस्तु जिल्ला मात्र नभई छिमेकी जिल्लाका बिरामीहरूलाई समेत सहज हुने थापाको भनाई छ । अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी रूपमा प्रदान गर्ने थापाले बताउनुभयो । केही दिनमै २४ औँ घण्टामा सेवा प्रवाह तथा पोस्टमार्टम गर्न व्यवस्था मिलाइने थापाको भनाई छ । क्षयरोगका कतिपय बिरामीहरूले समयमा औषधि सेवन नगर्ने गरेको पाइने भएकोले सबै बिरामीहरूलाई निगरानीमा गर्नुपर्ने नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।

 

डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुने शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चूडामणि भट्टराईले बताउनुभयो । ’क्षयरोगका बिरामीको औषधिले काम गरे÷नगरेको विषय परीक्षण प्रयोगशालामा हुन्छ,’ उहाँले भन्नुभयो ’नियमित औषधिले निको हुने र औषधिले निको नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।’
कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । तथ्याङ्कमा हेर्दा २०७५÷०७६ मा ७२७ जना, २०७६÷०७७ मा ५८५ जना, २०७७÷०७८ मा ६३३ जना, २०७७÷०७८ मा ६३३ जना, २०७८÷०७९ मा ९०० जना र २०७९÷०८० मा ९१४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ ।

Facebook Comments Box