कृष्णानगरमा पचासमात्रकाे स्वाब परिक्षण

सेयर गर्नुहोस


कपिलवस्तु ,बैशाख २८ ।
कपिलवस्तुकाे कृष्णनगरका क्वारेन्टाइनबाट ५० जनाकाे स्वाब कलेक्सन गरिएकाे छ ।
एकहप्ता अघि महेन्द्र मावि कृष्णनगरकाे क्वारेन्टाइन मा रहेका १४ जनाकाे स्वाब परिक्षण मा काेराेना संक्रमण नरहेकाे पुष्टि भइसकेकाे स्वास्थ्य संयाेजक अानिल बिश्वकर्माले जानकारी गराउनुभयाे ।
भारतीय सिमासंग जाेडिएकाे कृष्णनगर नगरपालिका अहिले जिल्ला कै उच्च जाेखिम मा पर्दछ तर पिसिअार परिक्षण र स्वाब संकलनकाे ढिलाहीले संक्रमित संख्या झन बढ्ने नगरप्रमुख रजत प्रताप शाहले बताएका छन। जिल्लाका अन्य स्थानिय तह भन्दा सिमा नाकासंग जाेडिएकालाई छिटै नै स्वाब संकलन गराई सकिनुपर्ने उनकाे भनाई छ।
अहिले कृष्णनगर मुख्य भन्सार नाका परेकाे र भारतकाे रेल्वे स्टेसन नजिक रहेकाेले बम्बई दिल्ली पंजाब लगायतका शहरहरुबाट चाेरबाटाे प्रयाेग गरि नेपाल छिर्दै छन जसले कृष्णनगर क्षेतरमा संक्रमणकाे भयवह स्थिति बनाउन सक्ने नगरप्रमुख शाहकाे अनुमान छ।
कृष्णनगर नगरपालिकामा काेराेाना संक्रमित एउटा पनि नभेटिएका ले सातर्कता साथ लकडाउन पालन गर्नु नै अाखिरी बिकल्प रहेकाे छ।

Facebook Comments Box