सन्दीपले त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने, राष्ट्रिय टिमबाट नाम फिर्ता लिए

सेयर गर्नुहोस

काठमाडौं : नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने भएका छन् ।

बिहीबार राति सामाजिक सञ्जालमा लेखेर उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्।  उनले यो समयमा आफूले आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन् ।

‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु।’ उनले भनेका छन्, ‘मैले अहिलेसम्म पाएको शुभकामना र आशीर्वादका लागि धन्यवाद दिन चाहन्छु ।’

Facebook Comments Box