५ बजेदेखि कपिलवस्तु शील

सेयर गर्नुहोस

खग प्रसाद चापागाई २९ बैशाख,

कपिलवस्तुको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको स्रोतको भनाई छ । उक्त निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ ।

यसको औपचारिक जानकारी भने दिउँसो तीन बजे पत्रकार सम्मेलन गरी जानकारी गराइने बताइएको छ ।कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् ।

यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

कपिलवस्तुको भारतीय सीमातर्फ आईबारसम्ममा १९ सय बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाई छ । त्यसमध्ये ति व्यक्तिहरु गएराती नेपाल प्रवेश गरेको स्थानीयहरु बताउँछन् ।

Facebook Comments Box