भारत सरकारद्वारा नेपाली रुपैयाँ १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंमा विद्यालाय भवन हस्तान्तरण

सेयर गर्नुहोस

काठमाडौं ,असोज २४ । भारत-नेपालः विकासका साझेदार कार्यक्रम अन्तरगत विद्यालय भवनको उदघाटनगरिएको छ । भारत सरकारको नेपाली रुपैयाँ १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालायका लागि निर्मित विद्यालय भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले आज संयुक्त रुपमा उद्घाटन गरी औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो । सो उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । भारत सरकारले नेपालमा विभिन्न विद्यालयको भवनमा सहयोग गर्दै आएको छ । भारत -/नेपाल सहयोग अन्तरगत देश भरीका अलग – अलग जिल्लामा भारत सरकारले नेपालीहरुको उच्च शिक्षा प्रदान होस भनी विद्यालयको भवन शिक्षा सामाग्री सहित सहयोग गर्दै आएको छ ।

Facebook Comments Box