हजुरआमाको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि साधुको भेषमा भेटिए
चितवन । भरतपुरमा एक महिलाको हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि नवलपरासीमा साधुको भेषमा भेटिएका छन् । भरतपुर महानगरपालिका–७ बस्ने मनकुमारी वाग्लेको हत्या गरी फरार रहेका ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम बर्दघाट नगरपालिका- ४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रूपमा लुकिछिपी बसेको अवस्थामा चापागाईलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
२०६१ मङ्सिर १४ गते नातामा नाति पर्ने सोही भरतपुर- २८ बस्ने चापागाईले बाँसको लौरो र ढुङ्गा प्रहार गरी मनकुमारीको हत्या गरी कानमा लगाएको गरगहना लुटेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
