कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण
कमलेश चन्द्र गुप्ता
कपिलवस्तु / बैशाख २९
कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ र नेपालमा १२० पुगेको छ ।
उनीहरु बुद्धभुमी नगरपालिका ७,१० र यसोधरा गाउँपालिका ५ निवासी १८,१९,२०,२०,२४,३०,३१,३४,३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुल्ने पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु स्वस्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
Facebook Comments Box

