सीमानाकामा अलपत्र नेपालीहरू आफूहरूलाई सुरक्षित ठाऊमा राख्न सरकार संग गुहार लगाऊदै,
प्रतिमा विश्वकर्मा , वैशाख २८,कृष्णनगर
कपिलवस्तुको करमा नाकामा अल्पत्र नेपालीहरूले आफूहरूलाई सुरक्षित ठाऊमा राख्न सरकारसंग गुहार लगायेका छन ! भारतका विभिन्न शहरहरूमा रोजगार गर्न गयेका बेला विश्वभर महामारीको रुपमा फैलीयेको कोरोना भाइरसले गर्दा देशहरूले लाकडाउन गरेको बेला रोजगार बन्द भयेपछि नेपाली स्वदेश फर्कि रहेका छन !स्वदेश फर्केका नेपालीहरू नेपालको विभिन्न नाकाहरूमा अलपत्र परेका छन !तयसतै कृष्णनगर नगरपालिका वार्ड न -६ करमा नाकामा अलपत्र परेका सवै ५७ जना नागरिकहरू कृष्णनगर नगरपालिका वार्ड न -७ को रहेको करमाका इन्सपेक्टर भिमिनिधि खनालले बताऊँनु भयो ! अलपत्र नागरिकहरू केहि जना टेन्ट मुनि त के जनाले आफु घर बाट मगायेको त्रिपाल मुनि असुरक्षित तरीकाले दिन रात गुजारीरहेका छन ! !५ दिन देखि सीमानाका अलपत्र नागरिकलाई सरकारको तर्फ़बाट कुनै प्रकार सेवा सुविधा अहिले सम्म नदेखियेको अलपत्र नागरिकहरूको गुनासो रहेको छ !न त खानाको कुनै व्यवस्था सरकार द्वारा मिलाएको छैन,हामीहरू आफ्नो घर बाट अाएकााे त्रीपाल मुनि बसेको ऊनीहरूले भाने ,हामीहरूको घर टाढा रहेको छ ,घरबाट खाना आये पछि खान पाउने र नआये भोकै बसन बाद्ध्य छौं,हाम्रो दुःख पीडा सरकारले नबुझेको जस्तो भयेको ऊनी हरू दुःख व्यक्त गरेका छन ! २ दिन पछि कृष्णनगर नगरपालिका वार्ड न -७ का वार्ड अधय्क्ष राज़किशोर यादवले यहाँ आये पछि पिउने पानीको व्यवस्था मिलाई दियेका छन ऊनीहरूले बताये !तर चर्को घाममा पानी तातो भाइ हलछ ! ऊनीहरूले भाने हामीले १० दिन भाइ सकेको नुहाएको छैन ! के ई असहाय नागरिक प्रति सरकारको कुनै छैन सोचन ज़रूरी छ !


