अझै इजरायलका सम्भावित घटना नियाल्नुपर्छ : वर्षमान पुन
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले इजरायल घटनाको उद्धार कार्यमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन्।
मंगलवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले धैयर्तापूर्वक, विवेक पुर्याएर नागरिकको सुरक्षामा सरकार लाग्नुपर्ने बताए।
उनले त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्ने आवश्यकता रहेको बताए। उनले अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा गर्ने भएकाले सरकारले पीडितको उद्धारमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए।
उनले भने, ‘हामीले धैयर्तापूर्वक, विवेक पु¥याएर नागरिकको सुरक्षा गर्ने, त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्छ। अहिले यो घटनालाई शुरुवात भनिएको छ। हिजो मात्रै पनि सर्वदलीय बैठक बसेर सबै दलले सरकारलाई सहयोग छ, दल विशेष हुँदैन भनेको छ, सरकारले आफ्नो तर्फबाट गर्ने काम गम्भीर भएर गर्नुपर्छ । अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा गरिन्छ । अहिले राज्यको त्यो भुमिका नागरिकले अपेक्षा गरेका छन् । यसमा संयमित ढंगले प्रतिनिधित्व गर्नुपर्छ।’
सांसद पुनले जनताले राज्यसँग अभिभावकको भूमिकाको अपेक्षा गरेको बताए।
