ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते
रसुवा : आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।
नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पु¥याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले राससलाई जानकारी दिए।
Facebook Comments Box
