इजरायलमा नेपाली मारिएको भारतीय राजदूतले व्यक्त गरे दुःख
काठमाडौं ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा हमासको आक्रमणम परी नेपाली नागरिकको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई पत्र पठाएर राजदूत श्रीवास्तवले दुःख व्यक्त गरेका हुन् ।
पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । उनले यस दुःखद् घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश दिएका छन् ।
Facebook Comments Box
