प्रहरी हाम्रो स्वाभिमान भन्दै कार्यवाहीकाे माग
कपिलवस्तु , बैशाख २७ ।
नेपाल प्रहरी माथी शुक्रबार चिनिया नागरिकले गरेका अभद्र व्यवहार प्रति कपिलबस्तुमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ । शुक्रबार आफ्नो देश फर्कन पाउनुपर्ने मागसहित चिनियाँ नागरिकले सिंहदरबारको मूल गेटमा प्रदर्शन गरेका थिए ।
झण्डै ५० जनाको संख्यामा रहेका चिनियाँले सिंहदरबारको निषेधित क्षेत्र तोडेको र लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो । झडपमा सिंहदरबार प्रभागका प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर बस्नेत र केही चिनियाँ पनि घाइते भएका थिए ।
स्थानीय युवाहरुले ‘प्रहरी हाम्रो स्वाभिमान हुन’, ‘प्रहरीको स्वभिमान र मनोबल रक्षार्थ राज्य गम्भीर हुनुपर्ने’ लगायतका प्लेकार्ड सहित जिल्ला प्रशासन अगाडि १ घण्टा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
प्रशासन अगाडी गरिएको शान्तिपूर्ण प्रदर्शनमा राम निवास यादव, इरफान खान, करिम अहमद खा, राकेश यादव लगायतको उपस्थिति रहेको थियो ।

