कपिलवस्तुका तीन, नेपालमा काेराेना संक्रमण १०९ पुग्याे

सेयर गर्नुहोस

कपिलवस्तु ,बैशाख २७ । नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक जना गरि ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय ९ पुगेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला रहेका छन ।

त्यस्तै कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना पुरुष तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष गरि थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

Facebook Comments Box