कपिलवस्तुमा दुई संक्रमित भेटिए
कपिलबस्तु, बैशाख २५ ।
जिल्लामा २ जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुको मायादेवी गांउपालिकाको वडा नं. ८ का १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनिहरुलाई छत्रपाली तिर्था देवि मा.वि पकडीको क्वारेन्टाईमा रहेका थिए । उनीहरु दुबै जना भारतको मुम्बईबाट आएका थिए ।
उनिहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दीएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

Facebook Comments Box
