दशगजा मै खाना,बस्न व्यवस्था मिलाउदै कृष्णनगर

सेयर गर्नुहोस


कपिलवस्तु ,बैशाख २४। जिल्लाकाे कृष्णनगर नगरपालिका क्षेत्र भित्रकाे नेपाल-भारत सिमामा फसेका नेपालीहरुकाे लागि स्थानिय तहले खाना , बस्नकाे प्रबन्ध मिलाएकाे छ।
भारतबाट अाएका नेपालीहरु जिल्लाकाे कृष्णनगर नगरपालिका क्षेत्रकाे सिमानामा सरकारकाे निर्देशन नअाउन्जेलसम्म दशगजा मै राेकिएकाे छन । भारतकाे काेराेना संक्रमित विभिन्न राज्य हुँदै अाएका नेपालीहरुकाे सिमाना मै अलपत्र भएकाले सरकारकाे निर्देशन नअाएसम्मका लागि दशगजा क्षेत्र मै , खाना र पानिकाे व्यवस्थापन गरिएकाे छ । कृष्णनगर नगरपालिकाले सुरक्षा निकायसंग समन्वय गरेर फसेका सैयाें नेपालीका लागि दशगजा क्षेत्र मै टेन्ट र खाना पुर्याइदै अाएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभएको छ । दशगजामा रहेका नेपालीहरु खाना पानी पाएपछि नगरप्रमुखलाई धन्यवाद दिदै छिटै नेपाल भित्र्याउन अाग्रह गरेका छन। कपिलवस्तुका विभिन्न स्थानीय तह लगायत दांग, अर्घाखाँची ,बार्दियासम्मका नेपालीहरु अहिले सिमामा बसेर सरकारकाे निर्देशनकाे पर्खिरहेका छन ।

Facebook Comments Box