कपिलवस्तु सीमामा १५५ नेपाली अलपत्र
कपिलवस्तु, वैशाख २३ ।
नेपाल भारत सीमा क्षेत्रमा १५५ जना नेपाली अलपत्र परेका छन् । भारत सँग जोडिएको कपिलवस्तु जिल्लाका विभिन्न नाकामा उनीहरु अलपत्र परेका हुन । जिल्लाको कृष्णनगर नाकामा २६ जना,भिल्मीमा १४ जना,चाकरचौडामा ४७ जना,हरदौनामा १२ जना र मर्दादपुमा ५६ जना सीमामै अलपत्र रहेका छन् ।
कपिलवस्तु जिल्ला तथा छिमेकी जिल्लाका नेपाली नागरीकहरु रहेको सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले बताउनुभयो । रोजगारीको शिलशिलामा भारतको विभिन्न ठाउँमा पुगेका उनीहरु गएराती लुकिछिपि नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको पुरीले बताउनुभयो । सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरेका छौ,भारत वाट आउने नागरिकलाई प्रवेश गर्न दिने अनुमती छैन, पुरीले भन्नुभयो ‘नागरिकहरु स्वेयः आफै नेपाल प्रवेश नगर्न अनुरोध छ, उहाले भन्नू भयाे ।’
अलपत्र परेका नागरिकहरुलाई नजिकैको स्थानिय तहले खानाको व्यवस्था गरेका छन् । कृष्णनगर क्षेत्रमा अलपत्र परेका नागरीकलाई कृष्णनगर नगरपालिकाले खानाको व्यवस्था गरेको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । उनीहरुको उद्धारको लागि जिल्ला मार्फत पहल भइरहेको शाहले बताउनुभयो ।
भारतीय प्रहरी एसएसबि सँग छलफल भइरहेको भएपनि अझै निचोड आउन नसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । ‘अहिले नेपाल ल्याउने सम्भावना छैन्,भारतीय क्वारेन्टाइनमा राख्नको लागि छलफल भइरहेको छ, पौडेलले भन्नुभयो ‘छलफल पछि भारतमै पठाउछौ ।’

