लायन्स क्लव अफ कपिलवस्तुको अध्यक्षमा घिमिरे

सेयर गर्नुहोस

कपिलववस्तु,

लायन्स क्लव अफ कपिलवस्तुको अधिवेशन सम्पन्न भएको छ । बुधबार विद्युतीय माध्यम मार्फत तेस्रो अधिवेशन सम्पन्न भएको हो । बर्ष २०२०/०२१का लागि नयाँ पदाधिकारी हरु चयन गरिएको हो । विगत लामो समयदेखि सामाजिक कार्यमा निरन्तर लागिपरेका सुरेन्द्र घिमिरेलाई लायन्स क्लव अफ कपिलवस्तुको अधिवेशनबाट अध्यक्षमा चयन गरिएको हो ।त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा धातानन्द भुसाल, द्धितीय उपाध्यक्षमा केशव सापकोटा, तृतीय उपाध्यक्षमा रामबहादुर पौडेल (क्षेत्री), सचीवमा राम शुभागे थारु, कोषाध्यक्षमा सागर घिमिरेलाई चयन गरिएको हो । सम्पन्न अधिवेशनबाट निर्वाचित सम्पूर्णलाई निर्वतमान अध्यक्ष कुमार खड्का र संस्थागत अध्यक्ष कृष्ण केसीले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै नव निर्वाचित पदाधिकारीहरुलाई अझै उत्प्रेरित भएर समाज सेवामा लाग्न आग्रह गरेका छन् ।अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएका घिमिरेले सबैलाई धन्यवाद ज्ञापन गर्दै विगतका दिनदेखि गर्दै आएको सामाजिक कार्यलाइ लझै तिव्रका साथ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन । उनले आगामी दिनमा सेवाही परमोधर्मलाई आत्मसात गर्दै अगाडी बढ्ने समेत बताए । क्लवले जिल्लामा विभिन्न महत्वपुर्ण कामहरु गर्दै आईरहेको छ ।

Facebook Comments Box