कृष्णनगरमा पन्द्रह जनाकाे स्वाब परिक्षण
कृष्णनगर ,बैशाख १७ । कृष्णनगर क्वारेन्टाइनका १५ जनाकाे स्वाब टेस्ट सेम्पल काठमाडौं पठाईएकाे छ।
अाज स्वास्थ्य कार्यालय कपिलवस्तुकाे टाेली कृष्णनगर अवस्थित महेन्द्र मावि क्वारेन्टाइनमा रहेका झापाबाट अाएका ९ जना र बाकी भारतबाट अाएका व्यक्तिहरुकाे स्वाब परिक्षण गरेकाे थियाे । स्वाब सेम्पल लिएर स्वास्थ्यकर्मीकाे एउटा टाेली काठमाडौंकाे राष्ट्रिय परिक्षण प्रयाेगशाला टेकु पुर्याउने कृष्णनगर नगरपालिका का स्वास्थ्य संयाेजक अनिल विश्वकर्माले जानकारी गराउनु भएकाे छ। कुल १५ जनाकाे स्वाब सेम्पलकाे रेजल्ट एक हप्ताभित्र अाइपुग्ने स्वास्थ्य कार्यालय कपिलवस्तुका काेराेना फाेकल पर्सन कुमार थापाले बताएका छन । अारडिटि टेस्ट लगातार गरिए तापनि कृष्णनगरमा याे टेस्ट पहिलाे पटक भएकाे हाे।

Facebook Comments Box
