बन क्षेत्रमा २०.३७ घन फिट अवैध काठ बरामद

सेयर गर्नुहोस


कपिलवस्तु , बैशाख १७। सब डिभिजन वन कार्यालय पटनाका कर्मचारी र मायादेवी साझेदारी वन हेरालुको टोलीले काठ बराकद गरेकाे छ ।
मायादेवी साझेदारी वन हेरालुहरु गस्ती गर्दै जाने क्रममा वाणगंगा न.पा. १० भेलरैया गाउँको पुर्व मायादेवी साझेदारी वन क्षेत्र देखि पुर्व भावपुर जाने बाटोकाे खेतमा अवैध रुपमा साल जातको हरियो रुख काटी ढाली टुनटुक्रा पारी चिरान गर्न लागेको अवस्थामा घटनास्थल घेरा हाल्दा साल जातको गोलिया थान ३ को २०.३७ घ.फिट बरामद गरीएको जिल्ला बन कार्यालयले जनाएकाे छ। काठ संगै ढुवानीका लागि प्रयोग भएको लु २८ प ३९४१ नम्बरको मोटरसाईल समेत बरामद गरीएको बताइएकाे छ । घटनामा संलग्न व्यक्ती गस्ती टोली देखे पछि फरार भएको हुदा स्थानिय स्तरमा खोजतलास जारी राख्दै थप अनुसन्धान कार्य जारी रहेकाे बन कार्यालयकाे फेसबुक पेजमा अपडेट गरिएकाे छ।

Facebook Comments Box