अारडिटी टेस्ट भएका ३५ जना नेपाल प्रवेश
कपिलवस्तु , बैशाख १३ । लकडाउनमा फसेका जिल्लाकाे कृष्णनगर नाका हुँदै ३५ जनालाई भारतकाे क्वारेन्टाइनबाट नेपाल भित्र्याएकाे छ ।
गृह मन्त्रालयकाे निर्देशनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मुख्य नाका कृष्णनगरबाट ३५ जना नेपालीहरुलाई नेपाल भित्र्याएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाैडेलले भारतका सिद्धार्थनगर र बलरामपुरका डिस्ट्रिक मजिस्ट्रेटहरुसंग समन्वय गरि कृष्णनगर नाका खाेलेर भारतका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपाल भित्रियाइएकाे प्रमुख प्रशासकिय अधिकृत मनाेज सैनी जानकारी गराएका छन । त्यस्तै नेपालका त्रिवेणीबाट फर्क्दै गरेका भारतिय श्रद्धालुहरु लकडाउनमा फसेर साइकल चलाउदै कृष्णनगर पुगेका ३६ जनालाई भारतीय सुरक्षा निकायकाे जिम्मा लगाइएकाे नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनुभयाे । नेपाल भित्रिनेहरु कपिलवस्तु जिल्लाका विभिन्न स्थानिय तह तथा दांग जिल्लाका घाेराही उपमहानगरपालिकाका रहेकाे सशस्त्र प्रहरी नायबउपरिक्षक सुशील शाहीले बताए । सिमा नाका हुँदै अाए नेपालीहरुकाे भन्सार यार्डमा अारडिटी टेस्ट गरि सकेकाले सबैलाई सम्बन्धित स्थानिय तहमा सम्पर्क गरि पठाइने छ।

