भट्ठाकाे भित्ता लड्दा एकजना गम्भीर घाईते
कृष्णनगर, बैशाख १३ । कृष्णनगर नगरपालिका वडा ९ मा रहेकाे इटाभट्ठाकाे भित्ता लड्दा एक जना गम्भीर घाइते भएका छन ।
बहादुरगंज घुरनडिहवामा रहेकाे बीएमबी इटाभट्टा उद्योगकाे भित्ता लड्दा कृष्णनगर नगरपालिका वडा ५ गुलरि बस्ने बर्ष २५ काे मुन्ना तेली गम्भीर घाईते भएका छन भने दुई जना सामान्य घाइतेकाे शिवराज अस्पताल बहादुरगंजमा उपचार भइरहेकाे छ । थप उपचारकाे लागि बुटवल रिफर गरिएकाे इप्रका बहादुरगंजले जानकारी गराएकाे छ।
Facebook Comments Box
