वडाध्यक्षद्वारा प्रहरीकाे सरुवा माग
कपिलवस्तु ,बैशाख १२ ।
जिल्लाकाे मायादेवी गाउंपालिका वडा नं. ५ बलुहवा स्थित तुलसीपुर चौकीका ईन्जार्च उदयभान यादवको सरुवाको माग गर्दै प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाईएको छ । वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेय नेतृत्वमा वडाबाट आएको डेलिगेशन टोलीले बलुहवा तुलसीपुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक यादवको सरुवाको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझे पछि प्रमुख जिल्ला अधिकारी पौडेलले थप कारवाही प्रक्रियाका लागि सो ज्ञापन पत्र जिल्ला प्रहरी कार्यालयमा पठाई दिने बताएको वडा अध्यक्ष पाण्डेयले बताए ।

प्रहरी सहायक निरिक्षक यादवले लक डाउका बेलामा पनि वडा अन्र्तगतका बलुहवा, अट्कोनिया, सिसहनिया, गणेशपुर लगायतका गाउंहरुमा खुलेयाम रक्सी पसल संचालन भए पनि कुनै कारवाही अघि नबढाईएको वडा अध्यक्ष पाण्डेयले बताए । लक डाउनमा रक्सी पसल वन्द गराउनुको साटो प्रसनि यादवले प्रहरी यूनिफर्ममै रक्सी पसलमा वसी रक्सी पिउने गरेको स्थानीयले बताएका छन् ।
चौकी ईन्चार्ज यादवले सीमा क्षेत्रको गौरा नाकाबाट हुने चोरी तस्करीलाई पनि प्रसय दिएको बताईएको छ । पटक पटक प्रसनि यादवलाई लक डाउनकालाई पूर्ण पालना गर्न गराउन अनुरोध गर्दा पनि कुनै वास्ता नगर्ने, ड्युटीमै रक्सी पिएर हिड्ने गरेका कारण वाध्य भई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउनु परेको वडा अध्यक्ष पाण्डेयले बताए ।
