नेपाल भित्रिने गाडीहरु सेनेटाइज गरिदै

सेयर गर्नुहोस


कृष्णनगर ,बैशाख १२। कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने भारतीय मालवाहक गाडीहरुलाई सेनेटाइज गर्न शुरु भएकाे छ।
भन्सारका कर्मचारी र एजेन्टहरुले अाफै अर्थिक सहयाेग गरि सुरक्षा निकायकाे प्रत्यक्ष निगरानीमा सेनेटाइज भईरहेकाे कृष्णनगर लिंकगेटका इन्चार्ज प्रहरी नायब निरिक्षक ललित बहादुर कुवंरले बताउनु भएकाे । मुख्य गेट हुँदै नेपाल भित्रिनेक्रममा सेनेटाइजर घाेलेर प्रत्येक गाडीलाई सफा गरिरहेकाे भन्सार एजेन्ट सकिल खानले जानकारी गराएका छन। भारतबाट नेपाल भित्रिने कार्य नभएपनि टाढाबाट अाउदै गरकाे मालवाहक गाडीहरुले पनि काेराना संक्रमणलाई बढाउन सक्ने स्वास्थ्यकर्मी हरुकाे अनुमान छ ।

Facebook Comments Box