लकड़ाऊंन को उलंघन गर्दै स्थानीय, प्रहरी तमासा हेर्दै
कपिलवस्तु / चैत ११

विश्वभारी कोरोना भाइरस को त्रास फैलिए को छ। हाम्रो देश नेपाल पनि यसको जोखिममा रहेको छ।
यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ। धेरै ले यो भाइरसलाई गम्भीरता को रूप ली लकड़ाऊन को पालना गरेका छन भने वही कसैले यस भाइरसलाई गम्भीरतामा नली लकड़ाऊन को उल्लंघन गरेको पाइन्छ। यस्तै कपिलवस्तु को कृष्णनगर नगरपालिका वार्ड नं ५ परषोत्तमपुरका स्थानीयले लकड़ाऊन को उल्लघंन गरेका छन। गाउको उत्तर रहेको पोखरीमा माझीले माछा मार्ने क्रममा स्थानीयले लकडाउन को उल्लंघन गरेका हुन। माझीले माछा मार्ने समयमा स्थानीयको तमसा हेर्नमा करीब ४० जनाको भीड़ एकजुट भएको थियो।उक्त समयमा नै ३ जना प्रहरी पनि उपस्थित रहेका थिए।तर प्रहारीले भीड़लाई नहटाई माछा मार्नेको तमासा हेर्नमा ब्यस्त थियो। प्रहारीको उपस्थितमा स्थानीयले लकडाउनको उल्लघंन गरेपनि प्रहारीले कुनै कारवाही नगरी उक्त भीड़ को तमासा हेर्ने दर्शक बनेका थिए। प्रहारीले भीड़भाड़ नहटाई त्यहाँ बाट फर्केको एक स्थानीयले बताए।
