काेराना संक्रमित संख्या ४७ पुग्याे
काठमाडौं । नया दुई जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ४७ पुगेको छ ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।४७ जना मध्ये ९ जना निको भइसकेका छन् ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ
Facebook Comments Box
