महाराजगन्ज नगरपालिकाकाे क्वारेन्टाइन मा ३३ जना

सेयर गर्नुहोस

धीरज काेरी
कपिलवस्तु काे महाराजगन्ज नगरपालिकाले काेराेना भाइरस बाट वचन काे लागि नगरपालिका भित्र का सबै वडा मा क्वारेन्टाइन रहेको र क्वारेन्टाइनमा ३३ जना रहेका छन ।

काेराेना भाइरस एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने भएका ले
विदेश बाट अाएका व्यक्ति र नगरपालिका भित्र का व्यक्ति मा काेराेना काे लक्षण देखा परेमा क्वारेन्टाइनमा १४ दिन सम्म राख्ने व्यवस्था रहेको छ ।

नगरपालिका काे क्वारेन्टाइन वडा १ महाराजगन्जमा ७ जना , वडा ४ बरईपुर मा ४ जना , वडा ७ कुशाहवामा ७ जना , वडा ८ कजरहवामा ५ जना , वडा न ९ शिसवामा ६ जना र वडा १० हरदाैना मा ४ जना क्वारेन्टाइन मा रहेका व्यक्तिहरु भारत बाट अाएका छन् ।

वडा २ पडरिया , वडा ३ जामुनी , वडा ५ उदयपुर , वडा ६ भलवारी र वडा ११ बलरमावापुर मा कुनै पनि व्यक्ति क्वारेन्टाइन मा नरहेको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिनु भयो ।

महाराजगन्ज नगरपालिका काे सबै क्वारेन्टाइनमा जम्मा २५९ वेड संख्या रहेको छ ।

Facebook Comments Box