ब्राह्मण साधु हरुलाई रासन सामग्री प्रदान

सेयर गर्नुहोस


कृष्णनगर , बैशाख १० । समाजसेवी शैलेष प्रताप शाहद्वारा भारतबाट नेपालमा अाएर फसेका ब्राहम्ण साधु महात्माहरुलाई राहत सामग्री दान गरिएकाे छ।
काेराेना संक्रमण पछि भएकाे सिमा बन्द र लकडाउनभन्दा पहिला नेपाल छिरेका कुल ३७ जना साधु महात्मालाई स्थानिय समाजसेवी तथा पुर्व प्रदेश सभा उम्मेदवार शैलेष प्रताप शाहले ३ क्विन्टल चामल, ७५ केजी केजी दाल, २० लिटर खाने तेल, ३७ केजी नुन र १२० केजी अालु दान गरेका हुन । विगतकेही दिनदेखि खाद्यान्न अभाव रहेकाे सुचना पाएपछि समाजसेवि शाहले कृष्णनगर नगरपालिका वडा १ मा रहेकाे सेमरा पाेखरामा अस्थायी त्रिपालकाे घर बनाई बसेका साधु महात्माहरुलाई बाेलाई दैनिक उपभाेग्य बस्तु स्थानान्तरण गरिएकाे उनले बताएका छन ।भारतका बलरामपुर, तुल्सीपुर का ब्राह्मण साधुहरुलाई राहत प्रदान गरिएकाे छ।

साथै अत्यन्त गरिब परिवारकी २३ जना महिलालाई समेत ३क्विन्टल चामल, ५० केजी दाल, ८० केजी अालु, १० लिटर तेल र २३ केजी नुन भाेली दिने शाहले जानकारी गराएका छन ।
शाहले भने संक्रमणकाे समयमा राज्यले अांखा पुर्याउन नसकेकालाई हामी अाफै सक्दाे सहयाेग गरे काेही भाेकै सुत्नुपर्दैन भन्ने मेराे धारणा रहेकाे छ।

Facebook Comments Box