कृष्णनगरमा राहत वितरण अन्तिम चरणमा
कृष्णनगर, बैशाख ७ ।
काेराेना संक्रमणका कारण राज्य महिनाैदेखि लकडाउन रहेकाेले कृष्णनगर नगरपालिकाका वडाहरु धमाधम राहत वितरण शुरु गरेका छन ।
नगरपालिकाका सबैवडाले सामाजिक दुरिकाे पालना गर्दै , दैनिक ज्यालादारि, गरिब विपन्न परिवारलाई ३० केजि चामल, ३ केजी दाल, २ केजी तेल, २ केजी नुन , २ केजी चिनि र ३०० ग्राम साबुन प्रत्येक घरपरिवारलाई वितरण गरिएकाे वडाध्यक्ष तुङ्गनाथ चाैधरी बताउनुभयाे ।वडा १मा कुल २७१ घरधुरीलाई राहत वितरण गरिएकाे वडाध्यक्ष चाैधरीले बताए । वडाकाे सेमरा, ढेकहरी, मनकाैरा, कुकुरभुकवा, शिवानगर,गुरुचिहवा, डुमाई लगायतका गाउंहरुका अत्यन्त विपन्न, दैनिकज्यालादारी गर्ने असहाय परिवारलाई राहत दिएकाे वडा सचिव किरण श्रीवास्तवले जानकारी गराउनुभएकाे छ ।
त्यस्तै नगरपालिकाका अन्य वडाहरुमा पनि प्रथम चरणकाे राहत वितरण चल्दै गरेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।राहत वितरणमा केही वडामा सा-साना विवाद भईरहेपनि धेरै जसाे वडाहरुमा राहत पुगिसकेकाे नगरप्रमुख शाहकाे भनाई छ । अहिलेसम्म वडा १० र १२ मा मात्र विवाद रहेतापनि अन्य वडामा समान्यरुपले राहत वितरण भइरहेकाे छ।
वडा १



