स्थानिय दुई परिवारबीच झडप, ८ घाईते

सेयर गर्नुहोस


विजयनगर /वैशाख ४ ।
कपिलवस्तु जिल्लाको बिजनयगर गाउँपालिका वडा न २ मौवादूधारमा दुई समुदायबीच झडप भएको छ ।
अाफ्नै खेतमा रहेकाे मौवाको फुल टिप्न गएकाे विषयमा झडप हुदाँ दुवै समुदायका ८ जना घाइते भएका छन् । विहिवार दिउँसो ३ बजे भएको उक्त घटनामा घाइते भएका गया प्रसाद तिवारी लगायत घरका ५ जनालाई उपचारको लागि बुटवल पठाएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो । अर्का सामान्य घाईते भएका जाकिर हुसेन का तिन जना परिवार सदस्यलाई बहादुरगञ्जकाे शिवराज अस्पतालमा उपचार भइरहेको प्रनि नेपालले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सामान्य विषयमा भएको विवादले उग्ररुप लिएरपछि दुवै समुदायका युवाहरु आक्रोशित भएर घटना घटेकाे प्रत्यक्षदर्शीहरुकाे भनाई छ।

Facebook Comments Box