घर घरमा राहत पुर्याउदै कृष्णनगर
कृष्णनगर, बैशाख २ । अाजदेखि कृष्णनगर नगरपालिकाकाे वडाहरु राहत वितरण शुरु गरेका छन ।
नगरपालिकाकाे वडाहरुमा राहत पुगेपछि अाजदेखि गाउँ गाउँ वितरण शुरु गरिएकाे हाे । राहत वितरण कार्यविधि अनुसार काेटेशन गरि किनिएकाे चामलमा डिलरले पुराना चामल मिसाई पठाएकाले केही दिन ढिला भएपनि नया चामल अाइसकेकाले प्रत्येक वडामा धमाधम राहत वितरण शुरु गरिएकाे वडा ९ का वडाध्यक्ष राममिलन कुर्मीले बताएका छन।
नगरपालिकाभित्र छनाैटमा परेका दैनिक ज्यालादारी मजदुर , विपन्न घरपरिवारलाई ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी ३०० ग्राम साबुन राहत वितरण भईरहेकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी गराउनुभएकाे छ। प्रत्येक वडाबाट संकलन गरिएकाे नामावलीका अाधारमा पहिलाे चरणमा प्रत्येक वडाका २५० देखि ३०० घरपरिवारलाई राहत दिने याेजना रहेकाे छ साथै छुटेका लाई पुन:राहत व्यवस्थापन तथा संघसंस्थाहरुले स्थानान्तरण गरेकाे राहत पनि वितरण गरिने नगरप्रमुख शाहकाे भनाइ छ। यस संक्रमणकाे समयमा विभिन्न संघसंस्थाहरु राहत सहयाेगका लागि अगाडि अाउनुपर्नेमा जाेडदिदै अाएकाे कृष्णनगर नगरपालिकाले अावश्यक परे बिकास बजेटबाट पनि रकम स्थानान्तरण गर्न सकिने नगरप्रमुख शाहले बताएक छन।
लकडाउन बीच मै नगरपालिकाले समाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेकाले जिवकाेपार्जन गर्न सरल भएकाे स्थानिय पिताम्बर हरिजनकाे भनाई छ।

