सोमबार साझ ८ बजे कसौधन वैश्य समाज बाँकेद्वारा दीप प्रज्वलन

सेयर गर्नुहोस

नेपालगन्ज, वैशाख १

अहिले कोरोनाबाट बिश्व आक्रान्त भइरहेको बेलामा कोरोना बिरुद्ध दिनरात नभनि कोरोना रोगको उपचारमा संलग्न भएका चिकित्सक तथा स्वास्थ्यकर्मी र देशलाई लकडाउनका बेला पूर्ण पालना गराउन अहोरात्र सडकमा खटिने सुरक्षाकर्मीहरुको सु- स्वास्थ्यको कामना गर्दै उनीहरुको सम्मानमा सोमबार साझ ८ बजे कसौधन वैश्य समाज बाँकेद्वारा दीप प्रज्वलन गर्ने भएको छ ।कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले विश्व अहिले कोरोना भाइरस महामारीको सङ्क्रमणकालिन अवस्थामा गुज्रिएको छ ।अहिले कोभिड १९ ले सबैलाई चिन्ताजनक बनाएको परिपेक्ष्यमा देशमा शान्तिको कामना, कोरोना रोगको नियन्त्रणको कामना गर्दै उक्त कार्यमा रातदिन खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी , लगायत सम्पूर्ण देशबासीहरुको सु- स्वास्थ्यको कामना गर्न दीप प्रज्वलन कार्यक्रम राखिएको बताए ।उक्त कार्यक्रममा सबैले आ – आफ्नो घरको छतमा, बराण्डामा, दैलोमा भिडभाड नगरी सभ्य तरिकाले दीप प्रज्वलन गरि, राष्ट्रिय गान गाउने र दुई मिनेट ताली बजाएर उहाँहरुलाई सम्मान गरिदिनु हुन सबैलाई आग्रह गरिएको अध्यक्ष बैश्यले बताए ।

Facebook Comments Box