मुस्लिम समुदायपनि राष्ट्रगानलाई प्राथमिकता दिने

सेयर गर्नुहोस


कृष्णनगर, चैत्र ३० । प्रधानमन्त्री केपि शर्माअाेलीले राष्ट्रिय एकताका लागि गरेका देशैभरि एक साथ राष्ट्र गानलाई मुस्लिम समाज कृष्णनगरले ऐक्यबद्धता जनाएकाे छ।
अाज राष्ट्रिय मदरसा बाेेेेर्ड काे अायाेजनामा कृष्णनगरका मुस्लिम अगुवाहरुले नेपाल सरकारले अाग्रह गरेकाे बिहान ८ बजे एकैसाथ राष्ट्रगानका लागि ऐक्यबद्धता जनाएका छन । राष्ट्रगानमा सहभागी भई मुस्लिम समाजले प्रधानमन्त्री केपी शर्माअाेली नेतृत्वकाे सरकारलाई संक्रमणकाे समयमा थप उत्साहित बनाई प्रत्येक नेपालीकाे सुरक्षाका लागि देश अझ मजबुत हुदै जाअाेस भनी कामना समेत गरेकाे बाेर्डका प्रदेश उपाध्यक्ष माैलाना महसुद ले बताउनुभयाे ।
काेराेना संक्रमण राेक्न हामी सबै नेपाली एकजुट भई राज्यकाे नियम र निर्णयलाई अपनाउदै अगाडि बढ्दै जाने मुस्लिम अगुवा तथा वरिष्ठ संचारकर्मी सागीर खकसारकाे भनाई छ।

कार्यक्रम राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकुुफी काे संयेाज्कत्वमा संचालन भएकाे थियाे भने दर्जनाै मुस्लिम अगुवा र भद्रभला व्यक्तित्वकाे उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

Facebook Comments Box