त्रिशक्तिद्वारा राहतकाेषमा अार्थिक सहयाेग
कपिलवस्तु ,चैत्र २८ । त्रिशक्ति समाजिक बिकास संस्था कपिलवस्तुले कृष्णनगर नगरपालिकाकाे प्रकाेप व्यवस्थापन काेषमा आर्थिक सहयोग गरेकाे छ।
कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि कृष्णनगर नगरपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा त्रिशक्ति समाजिक बिकास संस्थाले आर्थिक सहयोग गरेको छ ।
सहयाेग रकम कृष्णनगर नगरपालिकाकाे नेपाल बैंक लिमिटेड शाखामा रहेकाे प्रकाेप व्यवस्थापन काेष काे खाता नम्बर ०१४०३०००००७००२०००००१ मा जमा गरिएकाे छ। कृष्णनगरमा विभिन्न संघ संस्थाहरुले कैयौं परियोजना मार्फत करोडौं खर्च गरेपनि अहिलेसम्म यो त्रिशक्ति बाहेक कुनै संस्थाले यो प्रकोप ब्यवस्थापन कोषमा कुनै सहयोग गरेको छैन । यो संस्था सानो भएर रु . ११००० सहयोग नै ठुलो रहेको मेयर रजत प्रताप शाहले बताउनु भयो । यो सहयोग सानो भएपनि अन्य संघसंस्था लाई सकारात्मक सोचको साथ यस्तो बिपत्तिको समयमा सहयोग गर्ने संदेश दिनको लागि दिइएको संस्थाका सचिव महेन्द्र कुमार धोबीले बताउनु भयो ।

