राहत व्यवस्थापन नियम संगत रहेकाे,म माथिकाे अाराेप निराधार: नगरप्रमुख शाह
कपिलवस्तु चैत्र २८ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले राहत व्यवस्थापन कार्य नियम संगत भएको र म माथिकाे अाराेप निराधार रहेकाे बताउनु भएको छ ।
लकडाउनकाे मध्यनजर अतिविपन्न, दैनिक ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्न चैत्र २१ गते कृष्णनगर नगरपालिकाले कार्यपालिकाको बैठक बसी निर्णय अनुसार नै राहत सामाग्री खरिद गरेको शाहले बताउनु भयो । राहत वितरणमा नगरपालिकाको उपप्रमुख सबनम खातुनले केहि असन्तुष्टि सहित निकालिएकाे प्रेस विज्ञप्ति प्रति मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ। वहांले राहत वितरणमा नगरप्रमुखले नियम मिचेकाे अाराेप लगाउनुभएकाे छ जुन निराधार हाे । राहत वितरण भएकै छैन केही वडाले राहत लागेका छन भने बचेका वडाका लागि अहिले प्याकिङ हुँदै गरेकाे नगरप्रमुख शाहले बताउनु भयो ।
केन्द्रीय कार्यविधि अनुसार नै कार्यपालिकाको बैठकले नगरपालिकाको उप प्रमुख सबनम खातुनको संयोजकत्वमा राहत वितरण समिती गठन गरी राहत वितरण कार्य सहज तवरले अघि बढिरहदा विज्ञप्ति आउँदा आफु अचम्मित भएको शाहको भनाई रहेको छ । कार्यपालिका बैठकमा सहमति जनाएका केही वडाध्यक्षहरु विज्ञप्तिमा पनि हस्ताक्षर गरेका छन । यसप्रकारले राहत वितरणमा अवराेध सृजना गर्ने सुनियोजित राजनितिक प्रतिशाेध मात्र रहेकाे नगरप्रमख शाहकाे भनाई छ।
उक्त राहत वितरण समितीमा उपप्रमुख खातुनको सयोजक वडा नं ७ को अध्यक्ष राज किशोर यादव, वडा नं ८ का अध्यक्ष नुर मोहम्मद मुसलमान, वडा नं १० का अध्यक्ष अब्दुल मोबिन खान र वडा नं १२ का अध्यक्ष छेदी प्रसाद यादव रहनु भएको छ । साथै चैत २१ गते नै दरभाउ सुचना प्रकाशित गरि वडा अध्यक्ष देवानन्द शुक्लाको नेतृत्वमा राहत सामाग्री खरिद गर्ने निर्णय भएकोले उपप्रमुख सहित केहि वडा अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति आउनु अनश्चर्य जनक भएको नगर प्रमुख शाहले बताउनु भयो ।

नगर प्रमुख शाहले केहि ब्यक्तीले यस आपतको समयमा आफ्नो राजनितीको रोटि पकाउन खोजेको अरोप लगाउनु भयो । यस नगरपालिकालाई पटक पटक बदनाम गर्ने केही नकारात्मक रााजनीतिक तत्वले विपतिको समयमा गलत अफवाह फैलाउन खोजेको शाहले बताउनु भयो ।
राहत सामाग्री खरिदको जिम्मा पाउनु भएका वडा अध्यक्ष देवानन्द शुक्लाले नियम संगत प्रतिस्पर्धा अनुसार सामग्री खरिद गरेको र राहत वितरणपछि सबै प्रमाण कार्यपालिका पेश गर्ने बताउनु भयो ।
कृष्णनगर नगरपालिकाको विभिन्न वडामा राहत सामाग्री वितरण भैइरहेको सुचना अधिकारी साकिर अहमदले जानकारी गराएका छन ।
