समाजिक सद्भाव बिथाेल्नेलाई कार्यवाही काे माग

सेयर गर्नुहोस


कृष्णनगर, चैत्र २८ । समाजिक संजालमा सम्प्रदायिक सद्भाव खलबलिने खालका विषयबस्तुहरु माथि निगरानि गर्न नागरिकहरुले ध्यानाकर्षण गराएका छन ।
विश्व काेराेना संक्रमणबाट लडिरहेका बेला केही व्यक्तिहरुले समाजिक संजालहरुमा धर्म र जाति लक्षित अभद्र भाषा प्रयाेग गरि समाजिक सदभाव खलबलिनेे हुदां समयमै सचेत गराई निगरानीका लागि कृष्णनगरका समाजिक अगुवाहरु प्रहरी कार्यालय कृष्णनगर पुगेका थिए । प्रहरी निरिक्षक प्रताप पाैडेललाई भेटेर समाजिक संजालहरुमा हिन्दु अथवा मुस्लिम धर्मलाई लक्षित गरि अभद्र भाषा प्रयाेग गर्ने जाेकाेहीलाई पनि साइबर कानुन लगायत अन्य प्रकारका अावश्यक कार्यवाही गर्न अनुराेध गरिएकाे मुस्लिम अगुवा तथा मदरसा बाेर्ड का प्रदेश उपाध्यक्ष माैलना महसुद नेपालीले बताउनुभयाे । त्यसैगरि जाति विशेषलाई पनि गाली गर्ने केही असमाजिक तत्वहरुलाई कार्यवाही नगरे समप्रदायिक सदभवमा असर पर्ने लायन्स क्लब अफ कृष्णनगरका एडवाजर दिनेशचन्द्र गुप्ताले जानकारी गराएका थिए । यस काेराेना संक्रमणकाे समयमा केही व्यक्तिहरुले धर्म व जाति विशेषलाई गाली गर्ने अथवा अाराेपप्रत्याराेप लगाउने गरेका छन ।

Facebook Comments Box