भारतले नेपालीका लागि क्वारेन्टाइनमा गर्याे यस्ताे व्यवस्था ..

सेयर गर्नुहोस

सांसद अभिषेक प्रताप शाहका कारण भारतमा अलपत्र नेपाली सुरक्षित


कपिलवस्तु ,चैत्र २७ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सीमापारि भारतीय बजार बढ्नी,साेहरतगढमा रोकिएका नेपालीहरु क्वारेन्टाइनमा बसेर समय बिताइरहेका छन्। बढनीकाे गांधी अादर्श माद्यामिक विद्यालयमा दुई महिला र दुई बच्चाहरु पनि छन्। बढ्नी ब्लाक अन्तर्गत विभिन्न विद्यालयहरुमा त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ। भारतकाे विभिन्न शहरहरुबाट नेपाल फर्कन लागेका दुई महिला सहित १७ जना नेपालीहरुलाई बढ्नीमा राखिएकाे छ। उनीहरुलाई बस्ने, खाने, नियमित स्वास्थ्य जाँचलगायतको सुविधा उपलब्ध गराइएको छ।
नेपालमा लकडाउनले गर्दा सिमा बन्द भएका कारण केही नेपालीहरु भारत मै अल्पत्र परेका छन । भारतीय शहरबाट फर्केका केहीलाई प्रशासनले यातायातको व्यवस्था गरी सीमासम्म ल्याइपुर्याएको थियो। त्यसपछि क्वारेन्टाइनमा बसिरहेका छौं,’ दांग घर भएकी कमला थारुले भनिन, ‘हामी देश पस्न पाइन्छ भन्ने आशामा सीमामा आइपुग्यौं, नेपाली सुरक्षाकर्मीले पस्न दिएनन्। खै के भन्ने, जान त पाइएन, यहाँ जे होस्, बस्न र खान पाइएको छ।’
कामका सिलसिलामा भारतकाे शहरहरुमा भाैतारिएर फेरि घर फर्कने समयमा पैदलै हिँड्दै अाईयाे अब कहिलेपुग्ने अनयाैल मै छन क्वारेन्टाइन मा बसेका नेपाली । दिनभरि पैदल हिँडेर , मालट्रेन लगायत साधन प्रयाेग गरि हामी कृष्णनगर नाका पुगेका थियाैं नेपाल प्रवेश हुन नपाएका कारण भारतकाे क्वारेन्टाइनमा बस्नै पर्ने अावस्था सृजना भएकाे उनीहरु बताउंछन ।
नेपालका दांग, प्युटान, गुल्मी ,कपिलवस्तु लगायतका ठाउंका ती नेपालीहरुका लागि क्वारेन्टाइनमा बिछ्यौनासहित खाट, ओढ्ने र झुलको व्यवस्था गरिएको छ। बिहान बेलुका खाना र खाजाको समेत प्रबन्ध रहेको उनीहरुले बताए। बढ्नी ब्लाक लगायत सरकारी अस्पतालका डाक्टरहरुकाे टिमले दैनिक उनीहरुको स्वास्थ्य जाँच गरिरहेको छ।
कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले पटक पटक भारतीय प्रशासन र उत्तर प्रदेशका मुख्यमन्त्रीसमक्ष लकडाउनका कारण भारतमा अलपत्र नेपालीलाई सुरक्षा दिन अनुराेध गरेका थिए ।
उता लकडाउन का कारण समस्यामा परेकाे दैनिक ज्यालादारी ,र विपन्न परिवारलाई भारतीय एसएसबीकाे बटालियनले सिमासंग सटेका गाउंहरुमा राहत सामग्री वितरण गर्नुका साथै किरानाका समान अाेसारपाेसारमा सरलता अपनाएकाे छ।
नेपालसँगै भारतमा पनि लकडाउनका कारण सीमामा आवतजावत बन्द भएपछि मानिसहरु दुवैतर्फ रोकिएका छन्।

Facebook Comments Box