घरमै नमाज पढ्न मुस्लिम संगठनकाे अाग्रह
कपिलवस्तु , चैत्र २७ । मुस्लिम धर्मावलम्बीको पर्व शबे-बरातकाे दिनमा नमाज घर मै गर्न मुस्लिम संगठन नेपालले अाग्रह गरेकाे छ।
काेराेनाकाे संक्रमण बढदै गएका कारण मुस्लिम समुदायकाे शबे बरात अर्थात सुबरात पर्वमा घरमै नमाज पढ्न मुस्लिम स्गठन नेपालले अाग्रह गरेकाे छ । नेपाल अधिराज्य भरि लकडाउन गरिएकाले एकत्रित भएर जुमा र ईबादत गर्न कानुनीरुपले पनि नमिल्ने साथै काेराेना संक्रमणका भयावह स्थितिका कारण समाजलाई बचाउनका लागि पनि शबे-बरातकाे नमाज मस्जिलमा नगई घरमै पढ्न सुचना जारी गरिएकाे सहसंयाेजक मिर्जा अरसद बेगले जानकारी गराएका छन ।
संगठनले सबै समुदायलाई घरमै रही काेराेना संक्रमणकाे श्रृङखला ताेड्न सरकारलाई सघाएर समाज र देशलाई बचाउन समेत अाग्रह गरेकाे छ ।

Facebook Comments Box
